• ११ असोज २०८३, आइतबार
  • ७ः४० बेलुका

प्रधानमन्त्री दाहाल र देउवाबीच बालुवाटारमा भेटवार्ता, मन्त्रिमण्डल बिस्तारबारे छलफल

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार ११:४४

१३ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‍भेटवार्ता भएकाे हाे ।

National Life

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रिमण्डल विस्तारका लागि भोलि दिउँसो ४ बजे गठबन्धनमा आवद्ध दलको बैठक बोलाउने समझदारी भएको छ। उक्त छलफलमा केहीबेर ढिलोगरी नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।


प्रधानमन्त्री दाहालले चैत ६ गते दाेस्राे पटक विश्वासकाे मत प्राप्त गरेपछि चैत १० गतेसम्म मन्त्रिमण्डल बिस्तार गर्ने दावी गरेका थिए । सत्तारूढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन नसकेकाे हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया