घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
प्रकाशित मिति
२०७९ चैत्र १३ गते, सोमबार ११:०२

१३ चैत्र २०७९, काठमाडौँ: सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिकृया