• १३ असोज २०८३, मंगलबार
  • ८ः५८ बिहान

नबिलको ‘हरितगृह ग्यास उत्सर्जन’ प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार १०:५९

चैत १३, २०७९, काठमाडौँ: नबिल बैंकले सन् २०२२ को हरितगृहत ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। नबिलले पूर्वाधार तथा परियोजना वित्त (आइपिएफ) शाखाअन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। २०२१ मा ‘कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) हस्ताक्षरकर्ता मध्ये एक नबिलले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रको अंशका रूपमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

National Life

आइपिएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार तथा अन्य व्यावसायिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गर्छ। बैंकको दिगो बैंकिङ अभियानले आइपिएफ शाखाअन्तर्गत ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गर्न लक्ष्य तय गरेको थियो।


नबिलका अनुसार कार्बन उत्सर्जन मूल्यांकनअनुसार २०२२ मा कूल उत्सर्जन ८० हजार ६ सय ७१ टन कार्बनडाइ अक्साइड बराबर भएको देखिएको थियो। योसँगै जलविद्युत र सौर्य ऊर्जामा भएको लगानीमा २ हजार १ य ३१ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बचेका थियो।

Classic Tech Mobile
Classic Tech Desktop

नबिल प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्बन फुटप्रिन्ट घटाउन र पोर्टफोलियो दिगो बनाउन यो महत्त्वपूर्ण रकम भएको र अझै यसका सक्रिय भएर काम गरिरहेको बताए। ‘यसका लागि सामूहिक पहल आवश्यक रहेको हामीले बुझेका छौं। हामी विश्वास गर्छौं हाम्रा लक्ष्य प्राप्त गर्न पारदर्शिता आवश्यक छ किनकि नेटट–शून्य कार्बन फुटप्रिन्टतर्फ हामीले प्राप्त गरेका प्रगतिमा नियमित जानकारी अद्यावधिक गर्न प्रतिबद्ध छौं,’ सिइओ ढुंगानाले भने।


नबिल मुलुकको पहिलो निजी क्षेत्रको बैंक हो जो बैंकिङ उद्योगमा वित्तीय सेवा आविष्कार र दिगोपनमा अग्रसर छ। बैंकले स्थापना गरेको दिगो बैंकिङ इकाई पूर्णरूपमा नयाँ बैंकिङ संस्कृतिको दृष्टिकोण रहेको र जिम्मेवार बैंकिङ गर्ने चाहनाबाट जन्मिएको हो।


आफ्ना कर्मचारीलाई कार्यालयभित्र र बाहिर दुवै ठाउँमा दैनिक जीवनमा दिगो अभ्यासका लागि प्रोत्साहित गर्ने र स्वच्छ ऊर्जा स्रोतमार्फत आफ्ना काम क्रमशः ‘डि–कार्बनाइज’ गर्ने नबिलले जनाएको छ।

प्रतिकृया