राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ: राष्ट्रपति पौडेल
प्रकाशित मिति
२०७९ चैत्र १३ गते, सोमबार १०:५४

१३ चैत्र २०७९, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । जनतासँगको निरन्तर सन्निध्यतासँगै उनीहरूको सुख, दु:ख बुझेर उनीहरूकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने उनले बताए ।
‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दु:ख बुझ्ने स्व. नवीन्द्रराज जोशी यही दर्शनबाट प्रभावित थिए,’ राष्ट्रपति पौडेलले स्व. जोशीको सालिक आज बिहान काठमाडौंमा अनावरण गर्दै भने । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जोशीको निधनले अपुरणीय क्षति पुगेकोसमेत उनले बताएका थिए। जोशीको २०७७ चैत १३ गते राति निधन भएको थियो ।
‘उहाँले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्याउनुभएको योगदानको भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहिरहनेछ,’ राष्ट्रपति पौडेलले भने ।
प्रतिकृया