• 10:10 pm

राप्रपाको पदाधिकारी बैठक बस्दै, बैठकको एजेण्डा- उपनिर्वाचनको उम्मेदवारबारे छलफल

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार १०:४९

१३ चैत्र २०७९, काठमाडौँ: बैशाख १० मा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो ।


बैठकमा मुख्यतः तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका एजेण्डामा छलफल हुनेछ । राप्रपा केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया