• 7:57 pm

सत्ता र शक्तिको खिचातानीले लोकतन्त्र र गणतन्त्र संकटमा परेकाे छ : चित्र बहादुर केसी

प्रकाशित मिति

२०७९ चैत्र ६ गते, सोमबार ०४:४७

६ चैत्र २०७९, काठमाडौँ: सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै चित्र बहादुर केसीले भने, “आज भन्दा दुई महिना पहिले हामीले सरकारको समर्थन गरेका थियौं । त्यतिबेला पनि यस्तै छलफल र बहसहरु भएको थियो । संसदभित्र भएका सबै पार्टीहरुले सम्माननीय प्रधानमन्त्रीलाई समर्थन गरेर उत्पात थियो । अहिले पनि फेरि त्यस्तै समर्थनको खेल चल्दैछ । यो खेल हेर्दा नेपाली जनताले हामीलाई के भन्दा हुन् ?”


उनले अगाडि थपे, “हाम्रो निर्वाचन प्रणालीमा बहुमत कुनै पार्टीको पनि आउन नसक्ने । जो जो छन् जस्ता नीति, कार्यक्रम भए पनि सरकार बनाउनको लागि र अडाउनको लागि अरु पार्टीलाई मिसाउन पर्ने अवस्था छ । त्यसकारण हामीले आफैले बनाएको निर्वाचन प्रणालीले हामीलाई यो ठाउँमा पु¥यायो । यस्तो निर्वाचन प्रणाली जसले २, २ महिनामा सरकार बदल्ने, त्यति काम मात्र गर्दा के हामीले लोकतन्त्रलाई बचाउन सक्दछौं ? वास्तवमा लोकतन्त्र र गणतन्त्र धरापमा परको देखेको छु । हाम्रो धन्दा यही भयो, सरकार बनाउने र सरकार भत्काउने । जुन बेला ५ दलीय गठबन्धन थियो, सम्माननीय प्रधानमन्त्री बालकोट गएको बेलामा मैले उहाँलाई समर्थन गर्न सकिन । बालकोटका साथीलाई पनि मैले अन्यथा ठानेको होइन । वि.स. २०७४ मा हामीले बालकोटले पार लगाउँछ, बालकोटले गर्दछ भनेर विश्वास गरेको तर त्यसो हुन सकेन । अहिले यो कुरा गर्दा नराम्रो लाग्ला साथीहरुलाई । हामीले संसदीय प्रणालीलाई बोकका छौं, स्वीकार गरेका छौं । संसद भित्र भएको ठूलो पार्टीले सरकार बनाउन पर्ने हो कि होइन ? त्यसले नसकेपछि दोश्रो ठूलो पार्टीले बनाउनु पर्ने हो कि होइन ? यसो नभएर तेश्रो पार्टीलाई पहिलो ठूलो पार्टी र दोश्रो ठूलो पार्टीले समातेर हिंडेपछि जनता र मतदाताले के भन्नुहुन्छ ? अरु मुलुकमा यस्तै हुन्छ संसदीय प्रणाली ?” उनले प्रश्न गरे ।


संसदलाई सम्बोधन गर्दै उनले भने, “यो समयमा मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ ? नेपाली जनताको हालत के छ ? यहाँ हामीले उद्योग धन्दा कलकारखाना खोल्न नसकेर नेपाली जनताहरु देशमा काम नपाएर दिनको ४, ५ सय विदेश गैराखेका छन् । आज मंहगीले आकाश छोइसक्यो । एकले अर्कोलाई खसाल्ने गरेपछि हामीबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ ? सर्वसाधरणको अवस्था कस्तो छ ? त्यतातिर छलफल गर्नुपर्ने हो । लोकतन्त्र र गणतन्त्र धरापमा परेको अवस्थामा जसरी सत्ता र शक्तिको लागि एकले अर्कालाई खसाल्ने र उडाउने बदनाम गर्ने र आफू सद्दे हुने प्रयास गरेका छौं यसले नेपालीलाई राम्रो सन्देश दिन सकेका छैनौं । लोकतन्त्र र गणतन्त्र संकटमा छ ।” यसपटक जनमोर्चा पार्टीले प्रचण्डको सरकारलाई समर्थन गरेको बताएका छन् । उनले राजनीतिक पार्टीहरु तथा तिनीहरुका नेताहरुलाई सत्ता र शक्तिको लागि नलडी राष्ट्र र राष्ट्रियताको संरक्षण गर्न लागि पर्न अनुरोध गरे ।

प्रतिकृया