• १२ असोज २०८३, सोमबार
  • १ः२० दिउँसो

नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०२:५३

२६ फागुन २०७९, काठमाडौँ: नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

National Life

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा सिफारिस गरिएको हो ।


राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । यद्यपि यहीबीच सरकारले ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको गृहकार्यसमेत गरिरहेको छ । यदि ऐन संशोधन भए अवकाशमा जान लागेका अधिकारीहरूको अवधि थपिन्छ । उनीहरूको अवकाशपछि मात्रै बढुवा सिफारिस भएका मध्येबाट भावी महानिरीक्षक बन्ने बाटो खुल्छ ।

प्रतिकृया