• ११ असोज २०८३, आइतबार
  • ३ः०४ राती

११ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिईओ वर्कशप

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०२:०४

२६ फागुन २०७९, काठमाडौँ: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै (हिजो) बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो ।

National Life

कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताव पारित गरेको छ ।


गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन्।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताए ।

प्रतिकृया