• 4:01 pm

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको बहस सकियो, आदेश आउँदै

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०१:४७

२६ फागुन २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ । प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो ।


निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायत कानुन व्यवसायीले बहस गरेका थिए । अब उक्त मुद्दाबारे सर्वाेच्च अदालतको आदेश आउन बाँकी छ। आदेश दिने तयारी भइरहेको छ । सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडालगायतकै संयुक्त इजलासले आदेश दिएको थियो ।


प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरन र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन् । निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ ।


प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो ।

प्रतिकृया