• ०७:२० २०८१ बैशाख ७ गते
  • 7:20 am

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०१:५४

328121711 715192343469880 9029189687006846397 n

२४ माघ २०७९, काठमाडौँ: डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् । मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।


थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले द्धितिय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भएको सचिव दिपक तामाङले बताए । थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।


प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।

328542002 758780145770863 1305847920360800582 n

प्रतिकृया