• ९ असोज २०८३, शुक्रबार
  • ६ः०९ बेलुका

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०२:२१

२४ माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएकाे हाे। भेटवार्तामा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनावकाे मिति ताेकिसकेकाे छ। आयाेगका अनुसार राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते हुँदैछ।

National Life

एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेकाे छ भने प्रधानमन्त्री दाहाल एमालेलाई राष्ट्रपति दिने मनसायमा छैनन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्। यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएकाे छ।

प्रतिकृया