कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०१:३७

sasthapak scaled

२४ माघ २०७९, काठमाडौँ: कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर विक्री गर्न लागेको हो ।


उक्त शेयर खरीद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौंमा बोलपत्र पेस गर्न सक्नेछन् ।


साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम अनुसार सो शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई विक्री गरिने बैंकले जानकारी गराएको छ ।

प्रतिकृया