महालक्ष्मी विकास बैंकले पठायाे लाभांश

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार ०५:३५

mahalaxmi e1686638190560

१३ माघ, २०७९, काठमाडौँ: महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे पाैष २९ गते सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

nepaloil1


साधारण सभाबाट पारित गरिएकाे ६.४७ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा पठाइएकाे हाे । त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।

प्रतिकृया