• २१ भदौ २०८३, आइतबार
  • ८ः१५ बिहान

फार वेस्टर्नलाई पराजित गर्दै विराटनगरको तेस्रो जित

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार ०४:५९

२० पुस २०७९,काठमाडाैं : नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टर्न युनाईटेडलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ । आफ्नो आठौं खेलमा विराटनगरले फार वेस्टर्नलाई ६ विकेटले पराजित गर्‍याे। टस जितेर पहिलो ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य विराटनगरले ३ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो।

National Life

विराटनगरको जितमा कप्तान रोहित पौडेलले ६० रनको स्कोर बनाउँदा प्रदीप ऐरीले ४० रन बनाए। त्यस्तै हुसेइन तलाट र पृथ्यू बाँस्कोटाले समान १७(१७ रन जोडेका थिए। त्यस्तै ओपनर गौरन्सु शर्मा ११ रनमा आउट भए। त्यसअघि पहिलो ब्याटिङ गरेको फारवेस्टर्नका लागि विनोद भण्डारीको ४५ रन सर्वाधिक रह्यो। त्यस्तै हस्मतुल्लाह साहिदीले २७ रन बनाउँदा उमइर अलीले १६ रन बनाएका थिए।


त्यस्तै करण केसीले २१ रनको नटआउट इनिङ खेलेका थिए। विराटनगरका लागि सहाव आलमले ३ विकेट लिएका थिए भने कियोन जोसेफले २ विकेट लिएका थिए। जितसँगै विराटनगरको प्लेअफ संभावना कायम राख्दा फार वेस्टर्नको भने प्लेअफ संभावना कमजोर बनेको छ।

Classic Tech Desktop

प्रतिकृया