राष्ट्र बैँकले जारी गर्यो चालु पूँजी कर्जासम्बन्धी संशोधित मार्गदर्शन
प्रकाशित मिति
२०७९ पुष २० गते, बुधबार ०४:४५
२० पुस २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै तोकेको सीमा भन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ। राष्ट्रबैँकले बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संशोधन सार्वजनिक गरेको हो।

सीमाभन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था संशोधित मार्गदर्शनले गरेको छ।
सीमा भन्दा बढी चालुपूँजी कर्जा प्रयोग गरेका ऋणीलाई सीमा भन्दा बढीको ऋण ५ किस्तामा विभाजन गरेर २०८० असारमा १० प्रतिशत र पुसमा २० प्रतिशत, २०८१ असारमा २० प्रतिशत र पुसमा २० प्रतिशत तथा २०८२ असारमा ३० प्रतिशत भुक्तानी दिनेगरी मार्गदर्शनमा संशोधन भएको हो ।

चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९:



प्रतिकृया