• २३:१६ २०८१ बैशाख ४ गते
  • 11:16 pm

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस १४ गते

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ११:४६

century bank1

२२ मंसिर २०७९, काठमाडौं : स्बैंकको सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभाले लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् ।


विशेष प्रस्ताव अन्तर्गत प्रभु बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्नेछ।


बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

प्रतिकृया