सुन-चाँदीको मूल्य उकालो लाग्यो

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ११:५४

gold

२२ मंसिर २०७९, काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया