• ११:२९ २०८१ बैशाख ७ गते
  • 11:29 am

डिना बोलुआर्ते बनिन् पेरुको पहिलो महिला राष्ट्रपति

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार १२:१३

dina boluarte e1670480797176

२२ मंसिर २०७९, काठमाडौँ : पेरुको पहिलो महिला राष्ट्रपति डिना बोलुआर्ते चुनिएकी छन्। यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन्। यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।


यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो। त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ। ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो।

प्रतिकृया