• ३१ भदौ २०८३, बुधबार
  • ६ः३२ बेलुका

वर्षमान पुनको चीनमा अस्पतालको क्वारेन्टिनमा राखेर उपचार गरिँदै

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार १२:५७

२२ मंसिर २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को चीनमा क्वारेन्टिनमा उपचार सुरू गरिएको छ। पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरू भएको हो। चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्।

National Life

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।


पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्। नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया