गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ११:२४

chaudari 1

२२ मंसिर २०७९, काठमाडौँ : शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताएका छन्। बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औँ निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए। उनले भौतिक निर्माणका कामहरु गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिए।


‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरु छन्, गुणस्तरका कामहरु नहुनेकुरा, समयमा नसकिने कुराहरु छन्, यसलाई सम्बोधन गर्न जरुरी छ। हाम्रोपनि यसमा जवाफदेहीता छ। पैसा उपलब्ध गराउनेकुरामा पनि सरकारले ध्यान दिनुपर्छ।’ उनले भने,’जबसम्म हामी सरकार पक्ष र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन त्यसबेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैनन्। धेरै प्रोजेक्टहरु रुग्ण भइरहेका छन्।’

प्रतिकृया