• १४ असोज २०८३, बुधबार
  • १ः४७ दिउँसो

आयोगले गर्‍यो समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलको कति?

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार १२:२७

२१ मंसिर २०७९, काठमाडौँ: निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले मंगलबार दलहरुले समानुपातिकबाट पाउने सांसद संख्या टुंगो लगाएको हो ।

National Life

आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ तथा जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट पाएका छन्।


प्रतिनिधिसभाको प्रत्यक्षतर्फको भने यसअघि नै मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७ सिट जितेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै लोकतान्त्रिक समाजवादीपार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले समान एक निर्वाचन क्षेत्रमा जित हात पार्दा पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।


प्रत्यक्षतर्फ १० सिट जिते पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नेकपा एकीकृत समाजवादी भने समानुपातिकको सिट बाँडफाँटमा पर्न सकेन।


प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ। संसदमा उसको सांसद संख्या ८९ पुगेको छ। दोस्रो स्थानमा रहेको एमाले ७८ सिटसहित दोस्रो दल बन्दा माओवादी ३२ सिट सहित तेस्रो दल बनेको छ।


पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित चौथो ठूला दल बन्न सफल भएको छ।


यस्तै प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादीले ४, एकीकृत समाजवादीले १ र जसपाले १ सिट पाएको छ।


प्रदेश २ मा एमालेले ८, कांग्रेसले ९, राप्रपाले १, माओवादीले ४, एकीकृत समाजवादीले ३, जसपाले ७, जनमतले ७, लोसपाले २, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट पाएको छ।


यस्तै बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, राप्रपाले ६, माओवादीले ७, नेमकिपाले २, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ।


गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, राप्रपाले २, माओवादीले ३ सिट पाएको छ भने लुम्बिनीमा एमालेले ११, कांग्रेसले १०, राप्रपाले २, माओवादीले ४, एकीकृत समाजवादीले १, जसपाले १, जनमतले २, लोसपाले १, नागरिक उन्मुक्तिले २ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएको छ।


यसैगरी समानुपातिकतर्फ कर्णाली प्रदेशसभामा एमालेले ५, कांग्रेसले ५, राप्रपाले १, माओवादीले ४ र एकीकृत समाजवादीले १ सिट पाउँदा सुदूरपश्चिममा एमालेले ७, कांग्रेसले ६, राप्रपाले १, माओवादीले ३, एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट पाएको छ।

प्रतिकृया