• ४ साउन २०८३, सोमबार
  • १:३३ बिहान

तत्काल लुम्बिनीको राजधानी नसार्न एमालेको आग्रह

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०१:५३

१८ मंसिर २०७९, बुटवल : नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न आग्रह गरेको छ । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।


एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तिमा दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हाे । जारी विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको उल्लेख गरिएको छ ।

Kamana Sewa

विज्ञप्तिमा वर्तमान काम चलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा समेत राजधानी सार्ने हतार गरिरहेको उल्लेख छ । नयाँ प्रदेश सभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ ।

Classic Tech Desktop

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो ।

प्रतिकृया