• १२ असोज २०८३, सोमबार
  • १ः५५ राती

विश्वकप फुटबलमा मोरोक्कोसँग हारेपछि बेल्जियममा दङ्गा

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ११:०९

१३ मंसिर २०७९, काठमाडौँ: कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा बेल्जियमको टोली अफ्रिकी टोली मोरोक्कोसँग २-० ले हारेपछि बेल्जियम तथा छिमेकी नेदर्ल्याण्ड्सका कतिपय सहरहरूमा दङ्गा फैलिएको छ।

National Life

बेल्जियमको राजधानी ब्रसल्समा एक दर्जन मानिस पक्राउ परेका छन् भने एन्टवर्प सहरमा थप ८ जना पक्राउ परेका छन् । दर्जनौँ फुटबल प्रशंसकहरूले पसलका झ्याल फुटाइदिए, पटाखा पड्काए अनि गाडीहरूमा आगजनी गरे ।


छिमेकी देश नेदर्ल्याण्ड्सको राजधानी एम्सटर्डममा सयौँ फुटबल प्रशंसक जम्मा भएर आतसबाजी पड्काउँदै आगो समेत लगाइदिएपछि त्यहाँ दङ्गा प्रहरी खटाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बेल्जियममा मोरोक्को मूलका पाँच लाख मानिसको बसोबास रहेको छ । रोटरड्याम तथा द हेग सहरमा पनि हिंसात्मक घटनाहरू भएका छन् ।

प्रतिकृया