सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेदेखि आईपीओ निष्काशन गर्दै
प्रकाशित मिति
२०७९ मंसिर १३ गते, मंगलवार १०:३४
१३ मंसिर २०७९, काठमाडौं : सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं। १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं। २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको हो।
यस आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा पुस ५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गतेसम्म लम्बिनेछ
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।








प्रतिकृया