• १२ असोज २०८३, सोमबार
  • १ः५२ राती

नेप्सेले गर्यो एनसीसी बैंकको कारोबार फुकुवा

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ११:०९

१३ मंसिर २०७९, काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को कारोबार फुकुवा गरेको छ । अब भोलि (मंगलबार) बाट दोश्रो बजारमा बैंकको कारोबार खुल्नेछ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

National Life

कुमारी बैंक र एनसीसी बैंकबीच असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए ।


दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरपछि स्वाप रेसियो १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेको छ । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सूचना हेर्नुहोस् :

प्रतिकृया