• ११ असोज २०८३, आइतबार
  • १ः३२ दिउँसो

लगातार दोस्रो जित निकाल्दै फ्रान्स अन्तिम १६ मा

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार १०:१३

११ मंसिर, २०७९, कालिकोट : साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २-१ गोलको जित निकाल्यो। दुवै गोल युवा स्ट्राइकर केलियन एमबाप्पेले गरे।

National Life

उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए। तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए। खेल सकिन चार मिनेट बाँकी छदा एमबाप्पेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे।


उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। उनले लिओनल मेसीको विश्वकप गोल संख्यासँग पनि बराबरी गोल गर्न सफल भए। यता फ्रान्सले विश्वकपमा लगातार ६ खेल जित्ने कीर्तिमान पनि बनाएको छ। सन् २०१० मा स्पेनले लगातार ६ खेल जितेपछि फ्रान्स लगातार ६ खेलमा विजयी हुने पहिलो टिम बन्यो।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तिम १६ मा पुगेको फ्रान्सले समूहमा २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो। शनिबार नै समूहमा टयुनिसियालई हराएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका डेनमार्क र ट्युनिसियाको भने एक एक अंक छ।

प्रतिकृया