• ११ असोज २०८३, आइतबार
  • ११ः३९ राती

समानुपातिकमा कुन दलले कति मत ल्याए?

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०८:२६

११ मंसिर, २०७९, काठमाडौँ: मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। निर्वाचन आयाेगका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। कांग्रेसले ५३ वटा क्षेत्रमा जितेकाे हाे।

National Life

नेकपा एमाले दाेस्राे स्थानमा छ भने नेकपा माओवादी केन्द्र तेस्राे स्थानमा छ। नेकपा एकीकृत समाजवादी १० सिटका साथ चौथो स्थानमा छ। यता प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ।


एमालेले हालसम्म २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाउँदै दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ५२ हजार ५०० मत पाएकाे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार १६३ मत प्राप्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ६६१, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार १८० र एकीकृत समाजवादीले २ लाख १४ हजार २८६ मत पाएका छन्।

प्रतिकृया