• ४ साउन २०८३, सोमबार
  • ९:२२ बेलुका

विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०६:४४

९ मंसिर २०७९, काठमाडौं : कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।


पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका हुन् । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन ।

Kamana Sewa

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।

Classic Tech Desktop

प्रतिकृया