• १२ असोज २०८३, सोमबार
  • २ः५३ राती

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, गठबन्धनकी पम्फा भुसाल तेस्रो

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०९:०१

८ मंसिर २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई फराकिलो मत अन्तरले हराउँदै ३३ वर्षिया कार्की विजयी भएकी हुन्। यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वटा क्षेत्रमा जित निकालेको छ।

National Life

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए। यस्तै सत्ता गठबन्धनका तर्फबाट ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्। यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन्।


ललितपुर क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार आधिकारिक रूपमा अन्तिम मत सार्वजनिक हुन बाँकी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया