• २ असोज २०८३, शुक्रबार
  • १ः२४ राती

भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:२६

८ मंसिर २०७९, भक्तपुर : भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।

National Life

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् । यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

प्रतिकृया