विश्वकप फुटबल : स्पेनको सानदार सुरुवात, कोस्टारिका ७–० ले पराजित

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:१९

spain

८ मंसिर २०७९, काठमाडौं : फिफा विश्वकप फुटबलमा कोस्टारिकाविरुद्ध स्पेनले फराकिलो जित निकालेको छ । कतारको अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले सुखद सुरुआत गरेको हो ।


स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो । यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिकृया