• ११ असोज २०८३, आइतबार
  • ८ः१९ बिहान

बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर चौधरी निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०४:१२

७ मंसिर २०७९, काठमाडौँ : बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए।

National Life

यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए । लालबीर रेशम चौधरीका बाबु हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।


बर्दिया-२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया