• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

सप्तरी-२ मा सीके राउत विजयी, १८ हजार मतान्तरले यादव पराजित

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०४:३६

७ मंसिर २०७९, काठमाडौँ : मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । मधेश आन्दोलनदेखि अनवरत रुपमा केन्द्रीय राजनीतिमा प्रभाव जमाउँदै आएका यादवलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले भारी मतान्तरले हराएका छन् ।


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

Kamana Sewa

प्रतिकृया