• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

महाेत्तरीकाे क्षेत्र नम्बर- ३ मा मतगणना सुरु हुँदै

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०२:३४

५ मंसिर २०७९, काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेकाे निर्वाचन क्षेत्रमा साेमबार दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए।


उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा मतपत्र रुजु हुने काम भइरहेको छ। अहिले सर्वदलीय बैठक पनि बस्न बाँकी रहेकाले दिउँसो ३ बजेदेखि यहाँको मतगणना सुरु गरिने भएको हो। यस क्षेत्रमा जम्मा ९९ हजार नौ सय ३० मतदाता रहेकामा यस पटकको निर्वाचनमा ५९.३४ प्रतिशत मत खसेको छ।

Kamana Sewa

प्रतिकृया