• १५:५५ २०८० चैत्र १६ गते
  • 3:55 pm

भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा अरुण गोयल

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०२:५३

arun1

५ मंसिर २०७९, काठमाडौँ: भारतको नयाँ निर्वाचन आयुक्तका रुपमा पूर्व कर्मचारी अरुण गोयलले सोमबार आफ्नो जिम्मेवारी सम्हालेका छन् । अरुण गोयल पञ्जाब क्याडरका १९८५ ब्याचका आईएएस अधिकारी हुन् । उनले गत शुक्रबार मात्रै उद्योग मन्त्रालयको सचिव पदबाट वीआरएस लिएका हुन् ।

त्यसपछि कानुन तथा न्याय मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै उनको नयाँ नियुक्तिको जानकारी दिएको हो । पूर्व प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र यसै वर्ष मे मा अवकाश पाएपछि राजीवकुमार र अनुपचन्द्र पाण्डेले निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

फेब्रुअरी २०२५ मा राजीव कुमारको सेवानिवृत्ति पछि, उनी भारतको मुख्य निर्वाचन आयुक्त बन्न सक्छन् ।

प्रतिकृया