• १० असोज २०८३, शनिबार
  • ९ः४२ राती

चितवन क्षेत्र नं १ को मतगणना सुरु

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०१:५१

५ मंसिर २०७९, काठमाडौँ : चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो। पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

National Life

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो। यस क्षेत्रमा ६८.७३ प्रतिशत मत खसेको छ। उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन्। यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ। त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन्। क्षेत्र नं ३ मा २ः१५ बजेदेखि मतगणना सुरु हुने भएको छ। उक्त क्षेत्रमा ६५. ४१ प्रतिशतमात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए। उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।


जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन्। उनीहरूमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन्। एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया