• ४ साउन २०८३, सोमबार
  • ९:१० बेलुका

कतार विश्वकप : इतिहासमै पहिलोपटक तीन महिला रेफ्रीहरु

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०१:४९

५ मंसिर २०७९, दोहा: फिफा विश्वकप प्रतियोगिताको इतिहासमै पहिलोपटक तीन महिला रेफ्रीहरु मैदानमा उत्रिँदैछन्। फिफाले घोषणा गरिसकेको ३६ रेफ्रीको नामावलीमा यसपटक तीन महिला मुख्य र ९६ सहायक रेफ्रीमा पनि तीन महिलाले खेलको निर्णायक भूमिका सम्हाल्नेछन्।

योशिमी यामाशिता
३६ वर्षीय योशिमी यामाशिता जापानकी चर्चित महिला रेफ्री हुन्।

Kamana Sewa

फिफाले छनोट गरेपछि उनी सन् २०१९ मा एएफसी पुरुष च्याम्पियन्स लिगको निर्णय गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन्। उनले २०१९ कै महिला विश्वकप,२०२० को समर ओलम्पिक्समा पनि रेपि भूमिका निभाइसकेकी छिन्।

Classic Tech Desktop

रेफ्री बन्नुअघि उनी फिटनेश प्रशिक्षकको रुपमा काम गर्थिन्।

सलिमा मुकनसांगा
रुवान्डाकी ३४ वर्षिया सलिमा मुकानसांगा २०१२ देखि फिफा रेफ्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

उनले २०१९ को महिला विश्वकप, टोकियो २०२० को ओलम्पिक र यसै वर्ष पुरुष अफ्रिका कप अफ नेसन्सको खेल खेलाइसकेकी छिन्।

स्टेफनी फ्रापार्ट
यो विश्वकपमा देखिने अर्को महिला रेफ्रि हुन् फ्रान्सकी ३८ वर्षिया स्टेफनी फ्रापार्ट। उनी सन् २००९ देखि फिफाको आधिकारिक रेफ्रीको रुपमा रहेकी छिन्।

उनले २०१९ मा फ्रेन्च लिग वान, २०२० मा च्याम्पियन्स लिग खेलाइसकेकी छिन्। यसै विश्वकपको छनोट चरणको खेलहरुको निर्णय गर्ने उनी पहिलो महिला पनि रहेकी थिइन्।

मुख्य रेफ्रीसँगै यस विश्वकपमा देखिने तीन महिला सहायक रेफ्रीहरु ब्राजिलकी नोइजा पाक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट रहेका छन्।

प्रतिकृया