• ११ असोज २०८३, आइतबार
  • १ः३६ दिउँसो

नेपाल र यूएईको तेश्रो एक दिवसीय प्रतिस्पर्धा आज

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०६:४७

२ मंसिर २०७९, काठमाडौं : नेपाल र यूएईबीचको तेश्रो तथा श्रृङखलाको अन्तिम एक दिवसीय क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुनेछ। यसअघि नेपाल र यूएईले दुई खेलमा बराबरी जित निकाल्दै एक–एक अंक बाँडेका छन्।

National Life

सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो भने बुधबार सम्पन्न दोस्रो खेलमा नेपाल तीन विकटले विजयी भएको थियो। अन्तिम खेल दुवैका लागि महत्त्वपूर्ण भएकाले जितका साथ दुवै टोली मैदान उत्रने छन्। घरेलु मैदानमा हुने प्रतिस्पर्धा भएकाले सिरिज जोगाउनै पर्ने दबाब नेपाल सामू रहेको छ।

प्रतिकृया