• 12:12 pm

कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिंदा चालकको मृत्यु

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०९:४१

२१ कात्तिक २०७९, काठमाडौँ : कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका-६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।

प्रतिकृया