• 4:20 pm

लिभरपुलको जितमा शालाहको दुई गोल

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०९:००

२१ कात्तिक २०७९, एजेन्सी : मोहमद शालाहको दुई गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो । टोटेनहमको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन शालाह दुई गोल गरे ।


खेलको ११ औँ मिनेटमा शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । खेलको ७० औँ मिनेटमा टोटेनहमका ह्यारी केनले एक गोल फर्काए पनि टिमको हारलाई टार्न सकेनन् । जितसँगै लिभरपुलले १३ खेलमा १९ अङ्क जोडेर आठौँ स्थानमा छ । यता टोटेनहम २६ अङ्क जोडेर चौथो स्थानमा छ ।

प्रतिकृया