बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरियो
प्रकाशित मिति
२०७९ कार्तिक १० गते, बिहीबार ०९:३८
१० कात्तिक, २०७९, काठमाडौँ: स्पेनिस जाइन्ट बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि खेल्नु अगावै बाहिरिएको बार्सिलोना बायर्न म्युनिखविरुद्धको खेलमा पनि ३-० ले पराजित भयो ।
बुधबार राति भएको खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गर्दै नकआउटमा स्थान पक्का गरेको थियो । इन्टरलाई जित दिलाउन एडिन जेकोले दुइ तथा रोमेलु लुकाकु र हेनरिक मिखीतार्यानले १-१ गोल गरे। जितसँगै इन्टरको ५ खेलबाट १० अंक भएको छ ।
इन्टर नकआउटमा प्रवेश गरेसँगै बार्सिलोना भने युरोपा लिगमा धकेलिएको छ। समूह ‘सी’ अन्तर्गत बुधबार रातिनै भएको खेलमा बार्सिलोना जर्मन जायन्ट वार्यन म्युनिखसँग ३-० ले पराजित हुन पुग्यो ।
वार्यन समूह विजेताका रुपमा नकआउटमा स्थान बनायो । उसले ५ खेलबाट १५ अंक बनाउँदै समूह विजेता बनेको हो ।
बायर्नलाई लगातार पाँचौ खेलमा जित दिलाउने क्रममा साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरेका थिए ।
प्रतिकृया