• १२ असोज २०८३, सोमबार
  • ३ः२७ राती

जेलेन्स्कीसँगको टेलिफोन संवादमा सुनकले भनेः बेलायत युक्रेनको साथमा छ

प्रकाशित मिति

२०७९ कार्तिक १० गते, बिहीबार ०८:१०

१० कात्तिक, २०७९, लण्डन : बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन्। वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवं समर्थन रहेको बताएका छन्।

National Life

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सधैँ युक्रेनको साथमा बेलायत रहेको स्पष्ट पारेका छन्।


कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवं अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

‘रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएको तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,’ युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलाइतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ। रासस/एएनआई

प्रतिकृया