• 10:41 am

घुम्नै पर्ने बज्रबाराहि मन्दिरको धार्मिक र ऐतिहासिक पक्ष ललितपुर

प्रकाशित मिति

October 13, 2022

२७ असोज २०७९, काठमाडौँ:  नेपाल भित्र मात्र साना तथा ठुला गरी करिब १० हजार मन्दिरहरू छन् । ती मन्दिरहरू मध्ये वाराही मन्दिर पनि एक हो । उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन्। उत्तरमा स्वेतवाराही, पूर्वमा नीलवाराही, पश्चिममा धूमवाराही, दक्षिणमा बज्रवाराही रहेको पाइन्छ। बज्रवाराही ललितपुर जिल्लामा एक हजार पाँचसय मिटर उँचाइमा रहेको गोदावरी नगरपालिका ११ मा पर्दछ ।


ठूलो क्षेत्रफलमा यस मन्दिर जंगल भित्र रहेको छ । बज्रवाराहीको सम्बन्धमा -वाराही शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो । यहाँ पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने.सं. ७८६ साल चैत्र शुक्ल सुदि ८ सोमबारको दिन श्रीमाई बज्रबाराहीदेवीको पगोडा शैलीको मन्दिर निर्माण गर्न लगाएको इतिहास पाइन्छ साथै, नेपाल संवतं ८५२ मा विष्णु मल्लबाट उक्त मन्दिरको मर्मत गरेका थिए ।


यीनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी नेपाल संवत ८३२ मा स्थापना गरेको कुरा शिलालखमा उल्लेख गरिएको छ । पाटनका योगनरेन्द्र मल्ल बज्रबाराहीको भक्त भएकोले यिनले त्यहाँ विभिन्न देव–देवीका मूर्ति प्रतिस्थापन गर्न लगाएका थिए । बज्रबाराही मन्दिर वरिपरिको संरचनाको मर्मत सुधार तत्कालीन राजा महेन्द्रले वि.सं. २०१५ फाल्गुणमा इतिहासमा पाइन्छ । बज्रवाराही भित्र एउटा सानो जल कुण्ड छ जसलाई गुहेश्वरीको जलकुण्ड मानिन्छ । नवरात्रीमा उक्त कुण्डबाट जल निकालेर स्नान गर्ने प्रचलन छ।


जहाँ काठमा कुँदिएका वाराहीका तीनवटा र्मूर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन्। उपत्यकाको दक्षिण भागमा रहेको यस मन्दिर साँस्कृति र ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थानको रूपमा रहनुको साथै प्राकृतिक स्वरूपले पनि परिपूर्ण रहेको छ । स्थानीय तहको निर्वाचनपछि गोदावरी नगपालिकाले बज्रबाराहि मन्दिरको संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिकृया