• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

वीरगन्ज जाँदै गरेको बस भिमफेदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ०४:२४

६ आश्विन २०७९, काठमाडौँ : काठमाडौंबाट बीरगन्ज जाँदै गरेको बस मकवानपुरको भिमफेदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मकवानपुरका एसपी वामदेव गौतमका अनुसार काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको मिनी बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


ठाडो मोडबाट झण्डै ६७० मिटर तल खसेको उक्त बसबाट च्यापिएको अवस्थामा ६ जनाको शब निकालेको एसपी गौतमले बताएका छन् । गौतमले उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

Kamana Sewa

प्रतिकृया