• १२ असोज २०८३, सोमबार
  • ५ः१५ बिहान

माल्दिभ्सको पोष्टमा पाकिस्तानको सात गोल

प्रकाशित मिति

२०७९ भाद्र २८ गते, मंगलवार ०७:२०

२८ भाद्र २०७९, काठमाडौँ : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो । पाकिस्तान यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् ।

National Life

खेलको ३९ औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी थिइन् । खेलको ४८ औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारिन् । खेलको ५३ औं मिनेटमा नाडियाले गोल गर्दा पाकिस्तानले ३–० गोलको अग्रता बनाएको थियो । खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन् । खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन् ।


खेलको ९० औं मिनेटमा नाडियाले व्यक्तिगत चौंथो गोल गर्दै पाकिस्तानलाई ६–० को अग्रता दिलाइन् । खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ८–० ले विजयी भयो । जितसँगै पाकिस्तानले महिला साफको सुखद अन्त्य गरेको छ । समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । माल्दिभ्स र पाकिस्तान प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया