• ११ असोज २०८३, आइतबार
  • १२ः१२ दिउँसो

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट समातिए पाँच जना

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०५:१९

२४ भाद्र २०७९, काठमाडौं: देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । झापा, बिर्तामोड नगरपालिका-३ स्थितबाट १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-५ डेरा गरी बस्ने १९ वर्षीय कालु दासलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

National Life

कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय हरिश कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


पर्सा, ठोरी गाउँपालिका(२ स्थित सितागुफा नजिक सडकबाट एकसय एमएलको ४ सय ७४ बोतल कोडिवेल कफसिरप लागूऔषध सहित सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय रबिन्द्र कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले भारतको भिखनाबाट नेपालतर्फ जुटको बोरा टाउकोमा बोकी आउँदै गरेका साहलाई जाँच गर्ने क्रममा जुटको बोराभित्र उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एकनम्बर ढाटबाट ४ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय रणबिर बज्राचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


सिरहा, सिरहा नगरपालिका-१७ कमला बाँधबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट २६ ट्याबलेट, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान र फलामको फर्सा १ थान सहित कल्याणपुर नगरपालिका-२ बस्ने १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साईकलयात्री मण्डललाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया