• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०८:४९

१७ भाद्र २०७९, काठमाडौँ : नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ आकांक्षीहरूका नाम लिई उम्मेदवार सिफारिस गर्न एमालेले पार्टीका तल्ला कमिटीलाई निर्देशन दिएको हो।


हालै बसेको केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उम्मेदवार सिफारिस गर्नका लागि तल्ला कमिटीलाई भदौ २२ सम्मको समय दिइएको एमालेका एक नेताले बताए।एमालेले पार्टीमा सक्रियतापूर्वक लागेको, काम गरेको र लोकप्रिय व्यक्तिलाई उम्मेदवार सिफारिस गर्दा प्राथमिकतामा राख्न पनि आग्रह गरेको छ।

Kamana Sewa

एमालेको निर्देशनपछि पार्टीका तल्ला कमिटीले उम्मेदवारका नाम सिफारिस गर्न सुरू गरिसकेका छन्।

Classic Tech Desktop

प्रतिकृया