• १०:०१ २०८१ बैशाख ४ गते
  • 10:01 am

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०६:४२

final banner e1661777833485

१३ भाद्र २०७९, काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।


सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने जनाइएको छ ।


कम्पनीका अनुसार यस “विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

प्रतिकृया