• ४ साउन २०८३, सोमबार
  • ३:०२ बिहान

बीमा विधेयक संसदमा प्रस्तुत हुँदै, अर्थमन्त्री शर्माको ‘पारित गरियोस्’ भन्ने प्रस्ताव

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार १२:३३

२९ साउन २०७९ काठमाडौं: संघीय संसद प्रतिनिधिसभाको दैनिक कार्यसूचिमा आज अर्थसमितिले तयार पारेको प्रतिवेदन सहितको ‘बीमा विधेयक २०७५’ माथि छलफलका लागि पेश भएको छ।अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्। त्यस्तै शर्माले बीमा विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् ।


अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको थियो । सहमति जुटे सँगै अर्थसमितिले संसदमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो । अव उक्त प्रतिवेदन उपर छलफल गरी केहि दिन भित्रै संसदले विगत लामो समयदेखि अड्किएर बसेको बीमा विधेयक पारित गर्ने योजना छ ।

Kamana Sewa

अर्थमन्त्री शर्माले अस्थसमितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव पेश गर्नेछन् । त्यस्तै सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव समेत प्रस्तुत गर्ने आजको दैनिक कार्यसूचीमा रहेको छ । संसद अहिले विहान ११ बजेदेखि सञ्चालन हुँदैछ । संसदको पहिलो चरणमा अर्थमन्त्री शर्माले विधेयक माथिको छलफलका लागि पेश गर्ने कार्यसूचीछ ।

Classic Tech Desktop

प्रतिकृया