• १३ असोज २०८३, मंगलबार
  • २ः५१ दिउँसो

साफ यु २० : नेपाली टिम आज स्वदेश फर्कने

प्रकाशित मिति

२०७९ श्रावण १९ गते, बिहीबार ०८:०२

१९ साउन २०७९, काठमाडौँ : यु २० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्कँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

National Life

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो । प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।


प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसँग ८-० ले हार्दा बङ्गलादेशसँग १-१ को बराबरी खेलेको थियो । प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र तेस्रो स्थानको नेपालको ७ अंक रह्यो । यस्तै, माल्दिभ्स र श्रीलंका समान एक अंक रह्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया